सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धरौटी रकम बढाउने प्रस्तावको विरुद्ध मेनपावर व्यवसायी असन्तुष्ट

धरौटी रकम बढाउने प्रस्तावको विरुद्ध मेनपावर व्यवसायी असन्तुष्ट

सरकारले मेनपावर कम्पनीको इजाजतको धरौटी रकम ६ करोड र्पुयाउने चर्चा सुरु भएको छ । सरकारको यो भनाई प्रति म्यानपावर व्यवसायी असन्तुष्ट बनेका छन् । श्रम मन्त्री गोकर्ण विष्टले म्यानपावर धेरै हु्“दा र कम धरौटीमै म्यापावर खोल्न सकिने प्रावधानले जथाभावी म्यानपावर खुल्ने र बैदेशिक रोजगारीमा नाममा ठगी धन्दा मौलाउदै गएको भन्दै म्यानपावरको धरौटी बढाएर ६ करोड बनाउने तयारी भईरहेको कुरा बाहिर आएको छ ।

उनले म्यापावर कम्पनिलाइै मर्जरमा जान सक्ने बाटो पनि खुल्ला राखिदिने बताएका छन् । तर म्यापावर व्यवसायी भने यसमा असन्तुष्ट बनेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले ६ करोड धरौटीमा व्यवसायी गर्न नसकिने भन्दै आपत्ती जनाएका छन् ।

सरकारको यो निर्णयले राम्रा व्यवसायी बाहिरिनु पर्ने र पैसावाला गैर व्यवसायी यस क्षेत्रमा आएर विकृती फैलन सक्ने पूर्वअध्यक्ष ढकालको दावी छ । व्यवसायीहरुले म्यानपावर बन्द गर्ने देखि व्यावसायीले लिएर म्यापावरको इजाजत पत्र सरकारलाई नै फिर्ता गर्ने चेतावनी दिएका छन् ।

व्यवसायीले ६ करोड धर्राैटी राख्ने प्रस्ताव अव्यवहारिक भएको बताएका छन् । २ देखी ३ करोड सम्मको धरौटी राख्ने व्यवस्था उपयुक्त हुने व्यवसायीको भनाई छ ।सरकारले म्यानपावर कम्पनीहरुको धरौटी बढाएको मर्ज गर्न दिने व्यवस्था ल्याउने तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोड धरौटी र्पुयाउन गरेको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।अहिले म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी ल्याउनुपर्ने व्यवस्था छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend