सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल कम्युनिस्ट्र पार्टी भातृ संगठनको एकता दुई साता भित्र हुने

नेपाल कम्युनिस्ट्र पार्टी भातृ संगठनको एकता दुई साता भित्र हुने

नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएको केही महिना बितिसकेको अवस्था छ । लामो छलफल र बहस पछि पार्टी एकता हुन सफल भए पनि भातृ संगठनहरुको एकता कहिले हुन्छ भन्नेमा सवैको चासो छ । यस बिषयमा नेकपाको बैठक पटक पटक बस्दै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध विभिन्न २२ जनसंगठनलाई यही साउन महिनाभित्र एकता गरिसक्न पार्टीले सम्बन्धित कार्यदललाई जिम्मेवारी दिएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार कार्यदलको सुझावका आधारमा साउनभित्र जनसंगठनको एकता पूरा हुनेछ ।

ती जनसंगठनको एकताका लागि गठित कार्यदलले सम्बन्धित दुवै कमिटीको केन्द्रीय कमिटीमा एक चरण छलफल गरी विधान, संगठनको नाम र सम्भावित संगठन संरचनाबारे राय, सुझाव लिइसकेका छन् । इञ्जिनियरिङ पेशाकर्मीको संगठनको एकता घोषणा गत शनिबार भइसकेको छ । सचिव श्रेष्ठले प्रदेश, जिल्ला र स्थानीय तहसम्मको एकताका लागि विधान र नियमावली जारी भएको मितीले तीन महिनाभित्र काम सक्ने गरी तयारी भएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend