सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भक्तपुरमा गरियो बाढी प्रभावितलाई निशुल्क उपचार

भक्तपुरमा गरियो बाढी प्रभावितलाई निशुल्क उपचार

मदनकृष्ण सिलवाल
असार २७ देखिको अविरल वर्षापछि आएको बाढीले प्रभावित हनुमन्ते, सल्लाघारीका विभिन्न स्थानका स्थानीय बासिन्दाहरुलाई लक्षित गर्दै सल्लाघारी एलुम्नाई एशोसियशन नेपाल र डिक्यानद्वारा संयुक्त रुपमा सरसफाई तथा निःशुल्क स्वास्थ्य शिविर हिजो सम्पन्न गरिएको छ ।

बाढीबाट प्रभावित ती क्षेत्रमा स्थानीय जनजीवन अस्तव्यस्त भएका कारण विगत केही दिनदेखि स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै आइरहेकाले स्वास्थ्य शिविरमा पानीजन्य रोगको रोकथामको लागि पियुुस लगायत पानी स्वच्छ बनाउने औषधी एवम् जीवनजल समेत निःशुल्क वितरण गरियो ।

कार्यक्रममा रुक्माङ्गत कटुवाल ट्रष्टका अध्यक्ष तथा नेपाली सेनाका पूर्व महारथी रुक्माङ्गत कटुवाल र सल्लाघारी एलुम्नाई एशोसियशन नेपालका अध्यक्ष नेपाली सेनाका पूर्व उपरथी ताराबहादुर कार्कीको उपस्थिति रहेको थियो । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा २०० भन्दा बढी स्थानीयवासीहरुले स्वास्थ्य परीक्षण गराउनुका साथै जीवनजल र बोतल पियुस निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक डा. राजेन्द्र केसीले बताउनुभयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend