सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कृषी मन्त्री खनालले सुरु गरे गरिव घर परिवार परिचयपत्र वितरण

कृषी मन्त्री खनालले सुरु गरे गरिव घर परिवार परिचयपत्र वितरण

यस अघिका बिभिन्न सरकार देखी नै गरिब घर परिवारलाई परिचय पत्र दिने कुरा हु“दै आएको थियो । तर लामो समय सम्म कार्यान्वयन हुन सकेको थिएन तर अन्तत सरकारले गरिव घर परिवारलाई परिचयपत्र वितरण शुरुवात गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कपिलबस्तुको मायादेवि गाउँपालिकामा (६ डुमरा परिचय पत्र बितरण गरेर सुरुवात गरे । 

सरकारले पाँच बर्ष अगाडि तथ्याङ्क संकलन गरेर तीन किसिमका गरिव घर परिवार पहिचान गरेको थियो । देशका करिब २६ जिल्लामा परिचयपत्र बितरण हुने छ । गरिव परिचय पत्र अतिगरिव रातो कार्ड, सामन्य गरिव पहेलो कार्ड र गरिव निलो कार्ड गरेर तीन किसिमका कार्ड बितरण गरिएको छ । उनीहरुलाई अति गरिव, सामन्य गरिव र गरिव गरेर तीन तहमा विभाजित गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend