युवा गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ बोलको म्युजिक भिडियो गीत सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रम गदै पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नी सापकोटाले बिमोचन गरे । लिगेश भट्टराईको निर्देशनमा बनेको गितमा प्रज्वल गिरी, सोनिया गिरी, सरिता राज उपाध्याय, रिना थापा मगर, अर्जुन थापा र संजीव ठकुरीको अभिनय रहेको छ ।
अमृत भारती र राजकुमार नेपालीको संगितमा आफ्नो जन्मभुमीलाई देश तथा विदेशमा समेत चिनाउन गित संगितको प्रयोग सफल हुनेमा गायक भारती ढुक्क भएको बताए । नव गायक भारती सिन्धुपाल्चोकको कुञ्चोकमा जन्मेका हुन् उनी नेपाली गीत संगितप्रति अत्यन्तै लगाव राख्छन् ।
कार्यक्रममा सिन्धुकै गायिका सुनिता दुलाल सहित करिव दुई सय जनाको उपस्थितिमा सोही भिडियोका श्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा आफ्नो बिचार राख्दै पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नी सापकोटाले सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन सदनमा निकै ध्यानाकर्षण गरिरकेको र अन्य विकासको लागि पनि आफू लागि परिरहेको बताए । साथै आफू सिन्धु वासी भएको भएको गर्व गर्दै श्रष्टा तथा गायक भारतीको सागितिक यात्रा सफल रहोस् भन्दै शुभकामना समेत दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend