श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगारको क्षेत्रमा देखिएका बिकृत्ती र ठगी सरकारले हेरिरहेर बस्न नसक्ने बताएका छन् । राजधानीमा बैदेशिक रोजगारबाट फर्केका युवाहरुको राष्ट्रिय भेलालाई सम्बोधन गदै यस्तो कुरा बताएका हुन । वैदेशिक रोजगारीको नाममा ठगी धन्दा मौलाउदै गएको भन्दै मन्त्री बिष्टले त्यसको अन्त्यको लागी सरकार लागि परेको उनको भनाई छ ।

बैदेशिक रोजगारी सरकारको प्राथमिकताको विषय नभएको भन्दै मन्त्री विष्टले बैदेशिक रोजगारमा कमाउने सरदर रकम अव स्वदेशमा पनि कमाउने वातावरण निर्माण गर्न सरकार लागी गरेको स्पष्ट पारे । मन्त्री बिष्टले खाडीका मुलुक र मलेसियामा सरदर नेपालीले मासिक २० हजार कमाउने गरेको भन्दै साउन १ गतेदेखि नेपालमा काम गर्ने श्रमिकको ज्याला पनि सवै जोड्दा १६ हजार पुग्ने उनको भनाई छ ।
नेपालमा एकातिर रोजगारी प्राप्त नभएको भन्दै लाखौं युवा बर्षेनी विदेशीने गरेको र अर्कातिर रोजगारदाताले श्रमिक नपाएर लाखौं विदेशीले नेपालमा रोजगारी पाइरहेको भन्दै विगतमा रोजगारीको खोजिमा रहेकाहरु र रोजगारदाताबीच तादात्म्यता नभएकै कारण यो समस्या सिर्जना भएको मन्त्री विष्टको ठम्याई छ ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले स्वदेशमा नै युवालाई रोजगारी दिन अग्रसर हुनु पर्नेमा जोड दिए । मन्त्री विश्वकर्माले बैदेशिक रोजगारबाट फर्केकाहरुकोे सीप, ज्ञान र पुँजीलाई देश विकासका लागि लगानी गर्नु पर्नेमा जोड दिए । सो अवसरमा बोल्दै गैर आवासिय नेपाली संघ(एनआरएनए) का अध्यक्ष भवन भट्टले प्रवासमा बसेर नेपालीले आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाइदिनु पर्ने बताए ।

उनले बेल्जियम, जापान, कतार, युएई लगायतका मुलुकमा कार्यरत नेपालीको उदाहरण दिंदै उनीहरु मार्फत सो देशको पुँजीलाई समेत आकर्षित गर्न सकिने धारणा राखे । भेलामा बैदेशिक रोजगारबाट फर्केका युवाहरुको तर्फबाट बोल्दै उत्तम अधिकारीले विदेशबाट फर्केकाहरुलाई उनीहरुको सीप, लगानीयोग्य रकम समेतको तथ्याँक संकलन गरी छुट्टै परिचयपत्र दिन माग गरे ।

रोजगारीका क्रममा विदेशमा दुर्घटनामा परहेकहरु तथा अन्य तवरले पीडित भएकाहरुलाई फरक किसिमको सहुलियत दिन परिचयपत्र दिन आवश्यक रहेको उनको भनाई थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend