गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रमा अहिलेकै जस्तो भद्रगोल अवस्था भईरहे मुलुक समृद्धिको यात्रामा अगाडी बढन नसक्ने दावी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । त्यसमा गुणात्मक परिवर्तन गर्न जरुरी छ ।
नेपालमा गुणात्मक परिबर्तन जरुरी रहेको उनको भनाई छ । सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने ठूलो निर्णय गरेको बताउदै उनले यसमा साथ दिन व्यवसायीहरुलाई आग्रह गरे । यातायात क्षेत्रमात्र नभई अरु क्षेत्रमा पनि पुरानै व्यवस्थालाई निरन्तरता दिएर देशको विकास नहुने भन्दै उनले परिवर्तन आवश्यक भएको उनको तर्क छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend