नेपाल स्वरोजगार श्रमिक संघले सरकारले तोकेको न्यूनतम पारिश्रमिक मापदण्ड बनाएर लागू गर्नु पर्ने बताएको छ । मङ्लबार संघका संयोजक खिलनाथ बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै मापदण्ड नहुदा यसअघि सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन हुनसकेको भन्दै तत्काल मापदण्ड बनाई लागु गर्न आग्रह गरेका हुन ।
विज्ञप्तीमा भनिएको छ,‘सरकारले हालै तोकेको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० को स्वागत गर्दछौं । सरकारले तोक्नु ठुलो कुरा होइन्, कार्यान्वयन हुन्छ, हुदैन् महत्वपूर्ण हो । तसर्थ कार्यान्वयनका लागि सरकारले तत्काल मापदण्ड बनाउन आवश्यक छ । सडकमा राखिएका ठेला व्यापारीलाई बारम्बार दुख दिने गरेको भन्दै संघले उचित स्थानमा स्थान्तरण गरी गरीखाने वातावरण बनाउन आग्रह समेत गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend