सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिंहदरबार धर्नामा बसेका दुई दर्जन मानवअधिकारकर्मी प्रहरीको फन्दामा

सिंहदरबार धर्नामा बसेका दुई दर्जन मानवअधिकारकर्मी प्रहरीको फन्दामा

नेपालमा अधिकार लिनको लागी आन्दोलन गर्नु पर्छ भन्ने नै मान्यता छ । कुनै पनि माग पुरा गराउन सडकका आगो दन्काउने देखी सडक जाम गर्नै पर्छ । यो राजनैतिक दलहरुले सिकाएको पाठ र्नै हो । अहिले सत्तामा पुगेका पनि यस्तै क्रियाकलाप बाटै पुगेको प्रष्ट हुन्छ ।

यस्तै स्वेच्छाचारी गतिविधि गरेको भन्दै सिंहदरबार बाहिर धर्नामा बसेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । दिउँसो धर्ना सुरु हुनासाथ प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेलसहित २५ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ । धर्नामा मानवअधिकारकर्मीले स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend