नेपाली कांग्रेस भित्र सभापति शेरबहादुर देउवाको चौतफी बिरोध हु“दै आएको छ । पार्टीलाई कमजोर हुन दिनु प्रमुख कारण सभापति देउवाको कार्यशैली भएको भन्दै आलोचना सुरु भएको लामो समय बित्दै छ । उनलाई ठाडो रुपमा रामचन्द्र पौडेल कृष्ण सिटौला लगायत समूहले राजिनामा दिन सम्मको दवाब दिएको कुरा ताजा छ ।
तर उनलाई पार्टी भित्र बाटै गुट बनाएर दवाब दिए पनि उनी पार्टीमा हावी हुदै आएका छन् । सभापति देउवा एकपछि अर्को रणनीतिसहित आगामी महासमिति हुँदै १४ औं महाधिवेशनमा अझैं सशक्त बन्नेत तयारीमा छन् । सो तयारीअनुरुप नै हटौटामा जिल्ला सभापतिहरुको भेलामा सहज अवतरण गराएका देउवाले पछिल्लो समय कांग्रेस महामन्त्री डा शशांक कोइरालासहित वरिष्ठ नेता समचन्द्र पौडेलसम्मलाई समेत विश्वासमा लिएर अघि बढ्ने प्रयास गरिरहेका छन् ।
तर, कांग्रेसका पुराना नेताले भने सभापति देउवालाई पदको स्वार्थका लागि जुवा नखेल्न सुझाएका छन् । सोमबार महामन्त्री शशांक कोइरालाको पहलमा नेता नारायण खड्काले राजधानीको लैनचौरमा आयोजित कार्यक्रममा धरापमा पारेर भन्दा जोगाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend