सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजपा बैठकमा किचलो, राजेन्द्र महतो र महन्थ ठाकुरबीच भनाभन

राजपा बैठकमा किचलो, राजेन्द्र महतो र महन्थ ठाकुरबीच भनाभन

मधेशबादी दलहरु बिचमा कहिले मिलन कहिले बिछोड हुने कुरा नौलो कुरा होईन । बिगत देखी नै यस्ता घटनाहरु देखिएका छन् । मधेशबादी दलहरुलाई मिलाएर राजपा पार्टी निमार्ण भएको केही समय बिति सकेको अवस्था छ । एकताको नाराबाटै स्थानीय र प्रदेशको निर्वाचन पनि समपन्न भयो ।

तर पछिल्लो समयमा आउदा राजपा भित्र किचलो देखिन थालेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच बैठकमै तँ तँ र म म चलेको छ । केही दिन देखी चलेकोे बैठकमा सबैले आआफ्नो धारणा राखिसकेपछि बैठकलाई निर्णायक बनाउनुपर्नेमा दुई गुटबीचमा भनाभनसमेत भएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकमा ११ वटा कार्यसूचीमा सबै सदस्यले पालैपालो आफ्ना धारणा राखेका थिए ।

अन्तिम दिन शनिबार अध्यक्षमण्डलका छजना सदःयले पनि आआफ्नो कुरा राखेका थिए । उक्त क्रममा ठाकुर र महतोबीच भनाभन भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्षमण्डलका सदःय राजेन्द्र महतोले भएका छलफलका आधारमा राजनीतिक समितिको बैठकबाट निर्णय गर्नुपर्ने अडान लिएका थिए भने अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बैठकमा उठेका विषयहरूलाई कम्पाइल गरेपछि मात्र अध्यक्षमण्डलको बैठकबाट निर्णय सुनाउनुपर्ने अडान राखेका थिए । त्यसपछि राजेन्द्र महतोले ‘बैठक राजनीतिक समितिको बसाउने अनि निर्णय अरू बाटोबाट गर्ने यस्तो कहाँ हुन्छ, भन्दै कड्कीएका थिए ।

राजनीतिक समितिको बैठक सकिएको छ, निर्णय सुन्नलाई जजसलाई बःनुछ बसौँ, जजसलाई जानुछ जाऔँ, म कसैलाई बाँधेर राख्न सक्दिनँ । सबै विचारलाई ‘कम्पाइल’ गरेपछि मात्र निर्णय सुनाउँछु’, महन्थ ठाकुरले भनेका थिए । त्यसपछि महतोले कड्किएर भने, ‘अध्यक्षमण्डलबाट नै निर्णय गराउनु थियो भने राजनीतिक समितिको बैठक किन बोलाउनुभयो त ? तपाईंको अध्यक्षतामा बैठक बसेको छ, यसको जवाफ तपाईंले नै दिनुपर्छ ।’

एक नेताका अनुसार महतोले कड्किएर बोलेपछि संयोजक ठाकुरले टेबलमा मुक्का बजार्दै भने, त्यसो भए तपाईंले नै गर्नुस् न निर्णय । तपाईंबाट हुन्छ भने तपाईं नै गर्नुस् ।’ पार्टीको संयोजक तपाईं हुनुहुन्छ, तपाईंको अध्यक्षतामा बैठक बसेको हो । निर्णय सुनाउने अधिकार तपाईंसँग छ भने मैले कसरी सुनाउने’ महतोले भनेका थिए । बैठकको अन्त्यमा यसरी महतो र ठाकुरबीच भनाभन चलेपछि कुनै निर्णय हुन सकेन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend