सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सार्वजनिक स्थानमा प्रदर्शनमा रोक नलगाउन सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । स्थानीय प्रशासनले माइतीघर मण्डला लगायतका ठाउँमा प्रदर्शन गर्न नपाईने भन्दै निषेधाज्ञा जारी गरेको थियो ।

अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । यस विषयमा छलफलका लागि सरकार र रिट दायरकर्ता दुबै पक्षलाई असार २९ गते बोलाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend