सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मलेशिया रोजगारी समस्यामा परराष्ट्रमन्त्रीको चासो,विदेशमन्त्री अब्दुल्लाहसँग सिधै टेलिफोन वार्ता

मलेशिया रोजगारी समस्यामा परराष्ट्रमन्त्रीको चासो,विदेशमन्त्री अब्दुल्लाहसँग सिधै टेलिफोन वार्ता

रोजगारीको लागी मलेशिया जाने नेपाली कामदार संग बिभिन्न शिर्षकमा शुल्क लिने गरेको भन्दै सरकारले त्यस्ता कम्पनीहरु बन्द गरेर मलेशिया जाने कामदारको प्रक्रिया नै रोकेको अवस्था छ । जसका कारण रोजगारीका लागी मलेशियामा नेपाली जानको लागी बन्द भएको एक महिना भन्दा बढी भईसकेको छ ।

बिभिन्न बहानामा लिने शुल्क मलेशियाले खारेज नगरे नेपाली कामदार मलेशिया रोजगारीको लागी नपठाउने श्रम मन्त्रालयको अडान कायमै छ ।यस्तै मलेशियाको रोजगारीमा देखिएको समस्याको बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अग्रसरता देखाएका छन् मन्त्री ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेकागरेका छन् ।

उनले मलेसियाका विदेशमन्त्री अब्दुल्लाहसँग सिधै टेलिफोन गरेर कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन आग्रह गरे । पछिल्लो समयमा आउदा मलेशियाको रोजगारीको बारेमा बिभिन्न टिकाटिप्णी हुदै आएका छन् ।

मन्त्री ज्ञवालीले मलेसियाका विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिईएको बताईएको छ ।नेपाली कामदार माथि लाग्दै आएको बढी शुल्कको विषयमा आफूले गम्भीरतापूर्वक लिने विश्वास मलेसियाका विदेशमन्त्रीले परारष्ट्रमन्त्री ज्ञवालीलाई दिलाएको पनि मन्त्रालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend