सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रदेश प्रमुख हटाइए कडा रुपमा उत्रने कांग्रेसको सरकारलाई चेतावनी

प्रदेश प्रमुख हटाइए कडा रुपमा उत्रने कांग्रेसको सरकारलाई चेतावनी

सत्ता बाहिर रहेको प्रमुख ठुलो शक्रि नेपाली कांग्रेसले सरकारले गरेका पछिल्ला निर्णय प्रति आपत्ती जनाएको छ । सरकारले दुई तिहाइ बहुमतको दम्भ देखाएर निर्णयहरू गरेको कांग्रेसको ठम्याई रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले   बुधबार राति मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कांग्रेसको लागी गम्भिर आपत्तीको बिषय भएको बताए ।

अघिल्लो सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयको त्यही दम्भका आधारमा भएको भन्दै त्यसको विरोधमा उत्रने प्रवक्ता शर्माको चेतावनी छ । उनले अरू राजनीतिक नियुक्ति र प्रदेश प्रमुख नियुक्ति फरक भएको उल्लेख गर्दै प्रदेश प्रमुख हटाइए आन्दोलन सँग कानुनी उपचार पनि खोजिने उनको भनाई छ ।

प्रदेश प्रमुख हटाउन खोजे आफुहरुले हेरिरहेर नबस्ने उनले बताए । उनले तीन तहका चुनाव सम्पन्न भइसकेर देशमा राजनीतिक स्थायित्व भइरहेका बेला सरकारले एकलौटी रुपमा द्वन्द्व बढाउन खोजेको प्रबक्रा शर्माको भनाई छ । अहिले दुई तिहाइको श्रीपेच लगाएर द्वन्द्व बढाउन बर्तमान सरकार लागेको उनको आरोप छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend