सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादः गृहमन्त्री बादल

अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादः गृहमन्त्री बादल

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार तानाशाह तिर जान खोजेको आरोप लगाई रहेका वेला सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको नाममा जे पायो त्यही गर्न नपाईने बताएका छन् । गृहमन्त्री बादलले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको भन्दै आक्रोस पोखे ।

संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको बताए समेत स्पष्ट पारेका छन् । लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने उनको भनाई छ । डा. केसीको मागबारे गृहमन्त्री बादलले कस्तो स्वास्थ्य नीति बनाउने भन्ने अधिकार संसदको भएको बताए ।

कोही पनि कानुन माथि हुन नसक्ने र कानुनमाथि हुन खोज्ने नै तानाशाह भएको बताए । गृहमन्त्री थापाले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेकी गगामायाको अनशन देशलाई पुरानै अवस्थामा फर्काउने खेल त होइन भनी प्रश्न गरे । यस्ता विषयलाई राजनीतिक ढंगबाट हल गर्नुपर्ने भन्दै त्यसमा प्रमुख राजनीतिक दलहरु सहमत भइसकेको पनि बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend