सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघको कार्यशैली प्रति फोरमले जनायो गम्भिर आपत्ती

संघको कार्यशैली प्रति फोरमले जनायो गम्भिर आपत्ती

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वले मलेशियाको रोजगारीको समस्याको समाधानको लागी सरकार संग कुनै पहल नगरेको भन्दै व्यवसायीहरुले आपत्ती जनाएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले मलेशिया समस्या सम्बन्धी व्यवसायी भेलामा बोल्दै अधिकांश व्यवसायीले संघको कार्यशैली प्रति असन्तुष्ट पोखे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बिमल ढकालले मलेशियाको रोजगारी ठप्प हु“दा संघको नेतृत्व चुप्प लागेर बसेको आरोप लगाए । पूर्वअध्यक्ष ढकालले सिन्डिकेट हटाउन खोज्दै गर्दा अर्को माफीया सिन्डिकेट जन्मिने खतरा पैदा भएको बताए । श्रम मन्त्रीको सिन्डिकेट हटाउने निर्णय सही भए पनि प्रक्रिया गलत भएको उनको भनाई छ ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले सिन्डिकेट हटाउने कुरा राम्रो भए पनि मलेशिया बन्द हुनु दुखद कुरा भएको बताए । सरकारले मेनपावरको धरौटी बढाउने बताईरहेको वेला वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वले यस बिषयमा केही नबोल्नु रहस्यमय कुरा भएको भन्दै संघको कार्यशैली प्रति असन्तुष्टी जनाए । वैदेशिक रोजगार व्यवसायी एबम मलेशिया रोजगार सम्बन्धी जानकार कुमुद खनालले सिन्डिकेट हटाउने कुरा राम्रो भए पनि सिन्डिकेट लाउन दिने सरकारी कर्मचारीलाई पनि कारबार्ही गर्नु पर्ने उनको भनाई छ ।

सरकार र संघको नेतृत्वले मलेशियामा कुटनितीक पहल भईरहेको भने पनि कुटनितीक पहलमा कुनै प्रगती नभएको खनालको दाबी छ । वैदेशिक रोजगार व्यवसायी भूवन गुरुङले भने मलेशियाको समस्याको समाधानको लागी संघले पहल गरिरहेको जिकिर गरे ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती एबम लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका कार्यबहाक अध्यक्ष नरेन्द्र प्रसाद ढकालले अव पनि मलेशियाको समस्याको समाधानको लागी संघले पहल नगरे फोरमले श्रम मन्त्रीलाई भेटेर आफना कुरा राख्ने स्पष्ट पारे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend