सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यातु होटल सञ्चालक ताम्राकार भन्छन्, शेयरधनीबाटै म अन्यायमा परे

यातु होटल सञ्चालक ताम्राकार भन्छन्, शेयरधनीबाटै म अन्यायमा परे

पर्यटकीय नगर भक्तपुरको सबैभन्दा ठूलो भनिएको एउटा होटल सञ्चालनमा आएपछि विवादमा तानिएको छ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले सञ्चालनमा ल्याएको होटल याचु विवादमा तानिएको हो ।

यसअघि भक्तपुरकै सबैभन्दा ठूलो बुटिक होटल (यातु) सञ्चालन गर्ने तयारी थियो । तर शेयरधनीबीच आपसी वेमेल हुँदा सञ्चालनको प्रारम्भमै विवादमा तानिएको हो ।

भक्तपुरका व्यवसायी कृष्णप्रसाद ताम्राकारले भक्तपुरको सबैभन्दा ठूलो होटल सञ्चालन गर्ने सोच बनाए । जब उनले भक्तपुरकै ठूलो होटल बनाउने तयारी थाले, त्यही बेला दुई जना पाटनर आए । जसलाई आँखा चिम्लेर पाटनर बनाए ।

अहिले त्यही दुई जना पाटनर ताम्राकारका लागि निल्नु न ओकल्नुका भएका छन् । जसले थोरै लगानीमा पनि अर्बौको सम्पत्तिमा धावा बोल्न थालेका न् । त्यसरी धावा बोल्न खोज्ने व्यक्ति हुन् सरु महत र मनसुन विक्रम शाह ।

ताम्रकार एक्लै होटल चलाउन ६ वर्ष लगाएर भवन निर्माण सम्पन्न गरेका थिए । तर, भुकम्पपछि पर्यटक नआउने डरले सञ्चालन हुन सकेको थिएन । त्यही बेला सरु महत र होटेल डे कोर्टियार्डलाई हिस्सेदार बनेका थिए । होटेल डे कोर्टियार्डमा चाँही मनसुन बिक्रम शाहको लगानी रहेको भनिएको छ ।

महत, ताम्राकार र शाहबीचको सहमतिमा ताम्राकार अध्यक्ष भएर कम्पनी दर्ता प्रक्रिया थालिएको थियो । सोही आधारमा आ–आफ्नो सेयर लिने कबुलअनुसारको हिस्सा रकम कम्पनीमा जम्मा गर्ने मौखिक समझदारीमा कम्पनी रजिस्ट्रारको कार्यालयको सेयर दर्ता किताबमा दर्ता गरिएको हो ।

कम्पनी रजिष्टारको कार्यालयमा २०७३ फागुनमा होटल दर्ता हुँदा २ करोड पुँजी रहने उल्लेख छ । जसका ताम्राकारको ५२ प्रतिशत, सरु महतको २४ र होटल डे कोर्डियाडको २४ प्रतिशत शेयर रहने उल्लेख गरिएको छ । तर, सरु महत र मनसुन विक्रम शाहले आफ्नो तर्फबाट १० लाख रुपैयाँ मात्रै दिएर होटल कब्जा गर्ने नियत राखेको ताम्राकारको आरोप छ ।

आफु जापानिज नागरिक बताउने शाहले भक्तपुरका ठूलो लगानी गर्न चाहेको तर, आफु जापानिज नागरिक भएकाले सरु महतलाई अघि सार्दै आएका छन् । शाहले सरुलाई श्रीमति भएकाले सबै कामको जिम्मेवारी दिँदै आएका छन् ।

शाहले आफुले भक्तपुरमा ठूलो होटल सञ्चालन गर्न चाहेको बताउँदै आएका थिए । पछिल्लो समयमा शाह र महतले अनावश्यक दुःख दिँदै शेयरभन्दा सयौं गुणा रकम माग गर्न थालेको ताम्राकारले बताए । होटलको शेयरबारे कुरा नमिले छलफलको माध्यमबाट मिलाउन सकिनेमा कहिले प्रहरी लगाउने त कहिले सञ्चारमाध्यममा अनावश्यक समाचार प्काशन गर्न लगाएर आफुलाई मानसिक तनाव दिइरहेको उनको गुनासो छ ।

उनले शाहले आफुलाई जापानिज भनेर परिचय गराउने तर, कागजी रुपमा कुनै पनि प्रमाण नदेखाउने भएकाले शाह जापानिज भएको कुरामै शंका भएको बताए । ‘शाहजीले आफुलाई जापानिज भन्नुहुन्छ । उहाँ राम्रोसँग नेपाली बोल्नु हुन्छ । तर उहाँले कहिले पनि आफ्नो अनुहार देखाउँन चाहनु हुन्न’ ताम्राकारले भने, ‘यदी उहाँ जापानीज भए पनि नेपाली भए पनि स्पष्ट परिचयका साथ आएर छलफल गरे उहाँले भनेको मान्न म आफु तयार छु ।’

होटल यातुको नाममा त्यति धेरै पैसा लगानी गरिसकेको अवस्थामा शाहसँग होटेल सञ्चालनमा सहकार्य हुने कुनै सम्भावना नदेखेपछि आफुले होटेल यचुुको रुपमा अर्काे कम्पनी दर्ता गरेर होटल सञ्चालनमा ल्याएको उनले बताएका छन् ।

उनका अनुसार भवनमा मासिक चार लाख भाडा तिर्ने मौखिक सहमति भएको थियो । मासिक भाडा चार लाखका दरले एक वर्षको एकमुष्ठ रकम ४८ लाख अग्रिम भुक्तानी गर्नुपर्ने प्रावधान सम्झौतापत्रमा उल्लेख छ । दोस्रो वर्षदेखि मासिक भाडा पाँच लाख बुझाउनुपर्ने र बाँकी तीन वर्षको लागि प्रत्येक वर्ष वार्षिक १० प्रतिशतका दरले वृद्धि गरी बहाल बुझाउने सम्झौता पत्रको बुँदामा उल्लेख गरिएको उनको भनाई छ । तर सम्झौतापत्रमा हस्ताक्षरका लागि मुख्य व्यक्तिको रुपमा शाहकी श्रीमती भनिएकी सरु महत र साक्षीको रुपमा मनसुनविक्रमको नाम उल्लेख गरिएको थियो ।

तर, सरु महत र मनसुन बिक्रम शाहले भने ताम्रकारकै कारण आफुहरु समस्यामा परेको बताउँदै आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend