नेपाल र भारतको सिमानामा स्थानीय बासी बिच डुवानको बिषयलाई लिएर बर्षै देखी आरोप प्रत्यारोप सुरु हुदै आएको छ । बर्खा लागे संगै तराई क्षेत्रमा डुवानको त्रास हुने गर्छ । डुवानका कारण नै सयौ नेपालीले ज्यान गुमाएको अवस्था छ । यस्तै अहिले पानी पर्न सुरु भए संगै तराईमा डुवानको त्रास यस बर्ष पनि देखिन थालेको छ । साथै गण्डक नहरका कारण नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरको बस्ती तथा गाउँ डुवानमा परेपछि स्थानीय बासिन्दाले नहको बाँध भत्काइदिएका छन् ।
खेतमा बर्षाको पानी भरिएपछि गाउँ डुबानमा पर्ने डरले पानीको निकास दिन गण्डक नहरको बाँध भत्काएर स्थनीयले पानी नहरमा मिसाएका हु्न् । पानीले धान खेती डुबानमा परेर नष्ट हुने र थप बर्षा हुँदा बाढी गाउँमा पस्ने गरेको भन्दै बाँध भत्काउन बाध्य भएको स्थानीयले बताएका छन् ।गण्डक नहर भारतीय पक्षको नियन्त्रणमा रहेकाले नहर तथा साईफन एवं कुलोहरुको सरसफाई भारतीय पक्षले नै गर्नु पर्ने भएपनि भारतीय पक्षले नहरको रानीनगर साईफन र कुलोहरु सफा नगर्दा गाउँ तथा खेतीयोग्य जमिन डुबानमा पर्दै आएको छ ।
स्थानीले बाँध भत्काएपछि डुवानमा परेको खेतको पानी घटिसकेको छ ।बाँध भत्काएपछि स्थानीयलाई चौतर्फि दबाब आएको बताइएको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले भने, ‘भारतीय पक्षका जिम्मेवार निकायलाई जानकारी गराईसकिएको छ ।
उनीहरु आएपछि छलफल गरिन्छ ।’ अध्यक्ष पाण्डेका अनूसार भारतीय नहरका कारण सो क्षेत्र बर्षेनी डुवानमा पर्ने गरेको छ । भारतीय नहरकै कारण आफुहरु डुवानमा पर्ने गरेपनि भारतीय पक्षले कुनै चासो नदिएको र पटक पटक क्षति भोग्नुपरेको स्थानीयको गुनासो छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend