पछिल्लो समयमा आउदा वैदेशिक रोजगार व्यवसायी बिच आरोप प्रत्यारोप सुरु भएको छ । सरकारले वैदेशिक रोजगार व्यवसायी माथि कडाही गदै गएको छ । सरकारले व्यवसायी माथि प्रहार गर्दा वैदेशिक रोजगार व्यवसायी संघ नेतृत्व सरकार संग बोल्न नसकेको आरोप लाग्ने गरेको छ । यस्तै तत्कालिन एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र काग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यबसायी फोरम बिच आरोप प्रत्यारोप सुरु भएको छ । यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले केही दिन अघि निकालेको प्रेस बिज्ञप्तीको बारेमा फोरमले आपत्ती जनाएको छ । फोरमले निकालेको प्रेस बिज्ञप्ती जस्ताको तस्तै ।

प्रिय मित्र चित्र गुप्त साव“ाजी (अध्यक्ष,प्रगतिशील बै.रो.ब्य.मञ्च ), केही समय अगाडि तपाईंले ब्यबसायी रघु पुरिजीको राज्य पक्षबाट भएको चरीत्र हत्याको सन्दर्भमा निकालेको प्रेस बिज्ञप्ती बारेमा तपाईंको ध्यानाकर्षण गराउन चाहान्छु । नया सरकार गठन पस्च्यात यो या त्यो बहानामा बै.रो.ब्यबसायी लाई दुख दिने सिलसिला अन्तर्गत रघु पुरिजी लाई पनि दुख दिई चरीत्र हत्या गर्न खोजिएको हो भन्ने कुरामा दुई मत छैन र यसरी एउटा ब्यबसायिको चरित्र हत्या गरिएको प्रती हामी पनि खेद प्रकट गर्दछौं ।
तर यहाँले प्रेषित गर्नु भएको बिज्ञपतिमा “उहाको सामाजिक र राजनैतिक प्रतिस्ठाको डाहा गर्ने हामी भन्दा फरक बिचारधाराका प्रतिस्पर्धि केही ब्यक्तिको उक्साहटमा उहालाई दुख दिन खोजिएको प्रष्ट छ । भन्ने उल्लेख गर्नुभएको रहेछ । आज मुलुकमा बामपंथीको दुई तिहाईको सरकार छ अनि बै.रो.संघ पनि तपाईंहरुकै दुई तिहाइ भन्दा बढी छ ।.प्रहरी प्रशासन लगाएत राज्यका सम्पुर्ण निकाय सरकारकै मातहतमा रहन्छन् भन्ने तथ्य अवस्य पनि यहालाई अवगत होला नै. के आज राज्यको कुनै निकायमा तपाइँहरु भन्दा भिन्न बिचारका पार्टी ,संस्था वा ब्यक्तिको प्रभाव छ र ???
आफ्नै मातृ पार्टीको दुई तिहाइको सरकार भएको बेलामा आम ब्यबसायीलाइ सुरक्षित तुल्याउन सक्नुपर्नेमा आफ्नै संस्था को सल्लाहकारलाई राज्य पक्षबाट दुख दिई चरित्र हत्या गर्दा समेत केही गर्न नसक्ने अनि राज्यको हरेक क्षेत्रमा भुमिका बिहिन रहेको प्रतिपक्षलाइ दोष दिएर आफ्नो असक्षमता देखाउन खोज्नु भएको हो ?
दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने पार्टीको भातृ संगठनको अध्यक्षले यस्तो बिज्ञप्ती निकालेर अरुलाई दोष दिन सुहाउछ ??? सक्नुहुन्छ भने आम ब्यबसायीको हितमा केही गरेर देखाउनुस र यदि सक्नुहुन्न भने भुमिका बिहिन प्रतीपक्षलाइ दोष दिएर पानी माथीको ओबानो बन्ने प्रयास नगर्नुस आम ब्यबसायी सचेत छन ।
सम्पुर्ण परिस्थिति तर्पाहरुको अनुकुल हुदा यदि सक्नुहुन्छ भने ब्यबसायी माथी भैराखेको प्रहरी कार्बाही रोकेर देखाउनुस । सरकार धरौटी बढाएर आम ब्यबसायीले ब्यबसाय नै गर्न नसक्ने परिस्थिति सिर्जना गर्दैछ , के यसलाई रोक्न सक्ने क्षमता छ तपाई संग ? आम ब्यबसायिको हितमा चु सम्म बोल्न नसक्ने अनि दोष चाही भुमिका बिहिन प्रतिपक्षलाई दिएर कति दिन अरुलाई बेकुफ बनाउनुहुन्छ ??? तसर्थ सक्नुहुन्छ भने ब्यबसायी हितमा केही गरेर देखाउनुस , यदि सक्नुहुन्न भने सक्दिन भनेर हात उठाउनुस र यस्ता लोक हास्ने बिज्ञपति निकालेर आफ्नो असक्षमता प्रदर्शन नगर्नुस । नरेन्द्र ढकाल कार्यवाहक अध्यक्ष नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यबसायी फोरम ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend