लामो समय देखी प्रदेश नम्बर ४ को स्थायी राजधानी कह“ा तोक्ने बिषयमा मतभेद भईरहेको वेला अन्तत पोखरा तोकिएको छ । सोमबार बसेको प्रदेशसभाले बैठले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरेको हो । प्रदेशका २ दुई तिहाई सांसदको बहुततले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको हो ।

प्रदेशसभा बैठकको छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । प्रदेशको नाम भने अझै तोकिएको छैन । प्रदेशका नामका विषयमा सत्तारुढ सांसदहरुकै पनि मत बाझिने गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend