वैदेशिक रोजगार व्यवसायी संघले यस अघिका बार्षिकोत्सवहरुमा मन्त्री सचिबहरु बेलाएर तडक भडक तरिकाले मनाउदै आए पनि यस बर्ष संघले सामान्य तरिकाले मनायो । बैदेशिक रोजगारीमा सरकारी कडापना देखिन थालेपछि व्यवसायीको व्यवसायमा पनि खडेरी लागेको छ । जसको सिधा असर बार्षिक उत्सवमा देखियो ।संघका अध्यक्ष रोहन गुरुङले बार्षिकोत्सब व्यवसायीमाझ भव्यताका साथ मनाउन नसकिएको स्वीकार्दै संघले व्यवसायीहरुको हकहितका लागि काम गरिरहेको जिकिर गरे ।
कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले सरकारले बैदेशिक रोजागारीलाई तारो बनाइरहेका बेला संघका अध्यक्ष गुरुङले कुनै कदम नचालेको भन्दै असन्तुष्ट जनाए । एकातिर सरकारको हस्तक्षेप त अर्को तर्फ आफ्नै सहपाठीहरु असन्तुष्ट भएपछि अहिले व्यवसायीमा पहिला जस्तो उत्साह छैन ।जुन असन्तुष्टी बार्षिकउत्सव मनाउने क्रममा प्रष्टै झल्किन्थ्यो ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष किरणकिशोर घिमिरेले मेनपावरको धरौटी बढाउने हल्ला र पछिल्लो समय अवरुद्ध वैदेशिक रोजगार व्यवसायका पक्षमा संघले श्रम मन्त्रालय र मन्त्रीसँग गहन छलफल गर्नुपर्ने आवश्यता औल्याए । उनले मन्त्रालयका हरेक कदमलाई संघले टुलुटुलु हेरेर बस्नु नहुने भन्दै अध्यक्ष गुरुङलाई सक्रिय हुन आग्रह गरे । बार्षिकोत्सब कार्यक्रमा उपस्थित व्यवसायीहरुले वैदेशिक रोजगार व्यवसाय संकटमा फस्दै जाँदा समस्या समाधानको लागी सबैजना गम्भिर हुनआवश्यक रहेको बताए । बैदेशिक रोजगारी रहे मात्रै व्यवसायी रहने भएकाले सरकारी कदमका विरुद्धमा शसक्त रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend