सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नागढुंगामा चेकजाँच गर्ने क्रममा भेटियो कारमा ३ किलो सुन

नागढुंगामा चेकजाँच गर्ने क्रममा भेटियो कारमा ३ किलो सुन

अहिले जतात्तै सुनको चर्चा छ । किन पनि नहोस पुलिसका हाकिम देखी ठुला व्यापारी सम्म सुन तस्करीमा मुछिएको अवस्था छ । त्यसैले नै होला प्रहरीले केही महिना देखी सुनतस्करी माथि बिशेष निगरानी राखेको पाईन्छ । यस्तै प्रहरीले नागढुंगा चेकपोस्टमा चेकजाँच क्रममा एउटा कारमा ३ किलो सुन फेला पारेको छ ।

प्रहरीले कारका चालक भारतको उत्तराखण्डको चम्पावत थाना टनकपुर नयाँ गाउँका १९ वर्षीय दीपककुमार मौर्य र त्यसमा सवार कञ्चनपुरको भीमदत्तनगर–६, बनगाउँका २३ वर्षीय मनोज विकलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरुले ३ किलो बराबरको सुनको विस्कुट गाडीको इञ्जिनमाथिको इयर फिल्टर बक्सभित्र लुकाएका थिए ।

शनिबार भेटिएको सुन सार्वजनिक गर्न आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरेको हो । नागढुंगा नाकाबाट बरामद भएको ३ किलो सुन तस्करीमा संलग्न समूहले पछिल्लो ३ महिनामा ४ पटक सुन तस्करी गरेको प्रहरीको आशंका छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend