नेपालमा बिभिन्न रोग लाग्ने क्रम बढदो छ । अझ आर्थिक स्थिती कमजोर भएकालाई रोग लाग्दा पिडा माथि पिडा झेल्नु परेको छ । यस्तै नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वार्ड नम्बर ५ राजटारका आर्थिक अवस्था कमजोर भएका क्यान्सर पीडित एक युवालाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका छन् । बेलकोटगढी नगरपालिका वार्ड नम्बर ५ राजटारका गोरख बहादुर दर्लामीका नाती तथा स्व. रबिन्द्र दर्लामीका २० वर्षय छोरा बाबुराम दर्लामीलाइ उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् ।
बाबुरामको भक्तपुर क्यान्सर अस्पतालमा गत चैत्र ४ गते देखि उपचार हुँदैछ । उनको आर्थिक अवस्थाले गर्दा आगामी उपचार गर्न संकट भएको छ । उनलाई कसैले सहयोग गर्न चाहेमा कृषि बिकास बैंकको खाता नम्बर 0316501013160016 वा शिव बहादुर दर्लामीको यि सम्पर्क नम्बरका मा सम्पर्क गर्न सकिने छ 9846513708 ,9814164580 ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend