शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अध्यक्ष ओलीले भने-माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन, चुनावमा टिकट पनि दिन्नँ

अध्यक्ष ओलीले भने-माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन, चुनावमा टिकट पनि दिन्नँ

फाइल तस्बिर

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढालेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको बताएका छन । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढालेर विपक्षीलाई मत दिएको भन्दै माधव नेपाल लगायतका नेताका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन् । माधव नेपाल र उनको पक्षमा रहेका आन्दोलन विरोधीहरुलाई पार्टीमा ठाउँ नरहेको र चुनावमा टिकट पनि नदिने अध्यक्ष ओलीले बताए । नेपाल पक्षकै कारण पार्टीको अभियानमा गम्भीर धक्का लागेको ओलीको भनाइ छ । वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको बताए ।

यसैबीच नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्य दलले सहमति जुटाएको १० बुँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने अडान राख्दैै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend