शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेम्वाङले नेपाल भेटेको चौबिस घण्टा नबित्दै ओली-नेपाललाई मिलाउन दोस्रो तहका नेताले चाले यस्तो कदम

नेम्वाङले नेपाल भेटेको चौबिस घण्टा नबित्दै ओली-नेपाललाई मिलाउन दोस्रो तहका नेताले चाले यस्तो कदम

 

 

काठमाडौँ । नेकपा एमाले भित्रको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेता सक्रियताका साथ लागेका छन् ।
पार्टीलाई एक बनाएर अघि बढ्न नेताहरूले कसरत थालेका हुन् । एमालेका नेताहरू सुबास नेम्वाङ, विष्णु पौडेल अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको दूरी घटाउने गरी छलफलमा जुटेका छन् ।

यहीक्रममा हिजो बिहीबार नेम्वाङले नेपाललाई भेटेका थिए। भेटमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न आग्रह गरेको नेम्वाङले जानकारी दिए । आफूले अध्यक्ष ओलीसँग भेटेर असहमतिका विषयमा छलफल गर्न आग्रह गरेको भन्दै नेम्वाङले मिलेर अघि बढ्न आवश्यक रहेको बताएको जानकारी दिए ।

उनले भने, ‘मैले उहाँलाई हिजो भेटेँ । पछिल्लो राजनीतिक घटनाक्रमसहित धेरै विषयमा छलफल भयो । हाम्रो छलफल पार्टीको विवाद हल गर्ने विषयमा बढी केन्द्रित थियो । मैले उहाँलाई अध्यक्ष ओलीसँग भेट्नुस्, छलफल गरेर एमाले एक बनाएर अगाडि बढौँ भनेको छु ।’

नेपालले अध्यक्ष ओलीसँग भेटेर छलफल गर्न तयार रहेको बताएको नेम्वाङले जानकारी दिए ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको दूरी घटना अर्का नेता विष्णु पौडेल पनि लागि परेका छन् । उनले आज नेपालसँग भेटेर पार्टी एकता गर्न आग्रह गर्नेछन् ।

अध्यक्ष ओलीलाई भेट्नुअघि अन्य नेतासँग छलफल गर्ने वरिष्ठ नेता नेपालको योजना रहेको बताउँदै नेता नेम्वाङले आज नेता विष्णु पौडेलसँग छलफल गर्ने पनि बताए ।

एमालेमा विवाद समाधान गर्न बनाइएको कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावमा छलफल गर्न आवश्यक रहेको भन्दै दोस्रो तहका नेताले शीर्ष दुई नेतालाई छलफलका लागि अनुरोध गर्दै आएका छन् ।

अध्यक्ष ओलीले पार्टी एकताका लागि यसअघि गल्ती गर्ने सबैलाई आममाफी दिने बताउँदै आएका छन् भने प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेपाल समूहले पनि पार्टी एकता कै लागि सहभागिताबारे निर्णय लिएको छैन ।

गठबन्धनका नेताले भने नेपाल समूहलाई लिएरमात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
नेम्वाङले आजको भेटमा पनि नेपाललाई ओलीसँग भेटेर यसअघि कार्यदलले बनाएको १० बुँदे प्रस्तावमा छलफल गर्न अनुरोध गरेका थिए । तर, नेपालले ओलीलाई भेट्न आफू सकारात्मक भए पनि त्यसअघि अरु नेताहरुसँग छलफल गर्ने जवाफ दिएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend