शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पार्टी एकताबारे सुवास नेम्वाङसंग पठाए माधब नेपालले ओलीलाई यस्तो सन्देश

पार्टी एकताबारे सुवास नेम्वाङसंग पठाए माधब नेपालले ओलीलाई यस्तो सन्देश

 

 

काठमाडौं । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबिच छलफल भएको छ । बिहिबार नेता नेपालको निवास कोटेश्वरमा भएको डेढ घण्टा छलफलमा नेता नेम्वाङले एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेपनि नेता नेपाल भने ठोस जवाफ दिएनन् ।

लामो कुराकानी पार्टी एकताकै बारेमा भयो । कार्यदलको प्रस्तावबारे मैले बताए । त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने भएकाले तपाईं र अध्यक्षबीच भेटघाट गरेर बाँकी रहेका विषयमा सहमति खोज्दै एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेँ’ नेपालसँगको भेटपछि नेम्वाङले भने, ‘उहाँले पोजेटिभ छु भन्नुभयो ।’

नेम्वाङको आग्रहपछि नेता नेपालले पार्टीमा समस्या आउनुको लामो कारण सुनाए । यसअघि कार्यदलका सदस्यहरुले प्रतिवेदन बुझाउँदै अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउने प्रयास गरेपनि बीचमा ओलीले नेपाल पक्षलाई माफी दिने र नेपालले ओलीलाई श्री ५ महाराजाधिराज भनेपछि वातावरण बिथोलिएको थियो ।

नेता नेपालले यसअघि प्रतिवेदन बुझ्दै नेम्वाङ र विष्णु पौडेलसँग कुराकानी गरेर मात्रै एकताबारे ठोस जवाफ दिने बताएका थिए । नेम्वाङलाई भेट्न समय दिएका नेता नेपालले शुक्रबार पौडेलसँग भेट्ने तयारी गरेका छन् । न्यूजपोलारबाट

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend