शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव नेपाललाई भेटेर दिए सुवास नेम्वाङले यस्तो सुझाव

माधव नेपाललाई भेटेर दिए सुवास नेम्वाङले यस्तो सुझाव

 

 

काठमाडौँ । नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर पार्टी एकता प्रक्रिया निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन् । यसका लागि उनले नेपाललाई अध्यक्ष ओलीसँग भेट्न सुझाव समेत दिए ।

सुवास नेम्वाङ एमालेको विवाद मिलाउन गठित कार्यदलमा अध्यक्ष केपी ओलीको तर्फबाट संयोजक समेत थिए । कार्यदलले पेश गरेको १० बुँदे सहमतिलाई टुंगोमा पुर्‍याउन नेता नेपाललाई आफूले आग्रह गरेको समेत नेम्वाङले बताए ।

नेम्वाङका अनुसार माधव नेपालले सकारात्मक प्रतिक्रिया दिएका थिए । नेम्वाङले नेपाललाई अध्यक्ष ओलीसँग भेटेर एकता टुंगोमा पुर्‍याउन आग्रह समेत गरेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend