काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टीले ७ मन्त्री पाउने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने लागेको हो ।
जसपाको विश्वस्त स्रोतका अनुसार यादव उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा जान लागेका हुन् । उनले आफूलाई कठिन घडीमा साथ दिने सांसदहरुलाई प्राथमिकतामा राखेर सरकारमा लान लागेका छन् ।
महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राइ, राजेन्द्र श्रेष्ठ, डा सुरेन्द्र यादव , , प्रमोद साह पनि मन्त्री बन्ने सुचीमा छन् । महिलाबाट अमृता अग्रहरी ,प्रमिला यादव र रेणु यादवमध्येबाट मन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।
अध्यक्ष उपेन्द्र यादवले देउवा सरकारको पक्षमा खुलेर देखिएका १९ मध्येबाट विगतमा हस्ताक्षरकर्ता १३ जनाबाट मन्त्री चयन गर्ने बुझिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend