शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नुवाकोटमा माधव नेपाल पक्षीय युवासंघको आयोजक कमिटी र पिपुल्स भोलेन्टियर घोषणा

नुवाकोटमा माधव नेपाल पक्षीय युवासंघको आयोजक कमिटी र पिपुल्स भोलेन्टियर घोषणा

 

 

काठमाडौं । नुवाकोटमा नेकपा एमालेको माधव कुमार नेपाल पक्षीय युवासंघको आयोजक कमिटी घोषणा गरिएको छ । संगठनका जिल्ला सहइन्चार्ज सुरेश अधिकारीको संयोजकत्वमा १५३ सदस्सीय सम्मेलन आयोजक कमिटी घोषणा गरिएको हो ।
बुधबार युवा संघ नेपालका जिल्ला इन्चार्ज उद्धव पनेरुको अध्यक्षतामा जिल्लाका केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा गरिएको भेला बाट सो कमिटी गठन गरिएको हो ।
यस्तै नेपाल पक्षले पिपुल्स भोलेन्टियर विभाग पनि गठन गरिएको छ । सो विभागको संयोजक जीवन आले मगर चयन भएको संघका संयोजक पनेरुले जानकारी दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend