काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताको टुंगो लाउने जिम्मा पार्टीका शीर्ष तीन नेतालाई दिने भएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा बाबुरा भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिने समझदारी भएको एक नेताले जानकारी दिए ।
बुधबारको बैठकले जसपासँग एकीकरण भएको नेपाल लोकतान्त्रिक पार्टीको शिवलाल समूहका अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप गरेको छ ।
त्यस्तै केन्द्रीय समिति सदस्यहरुको नमावली अध्यावधिक गर्न मृगेन्द्र सिं यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव रहने गरी ५ सदस्यीय कार्यदल बनाएको छ । कार्यदललाई साउन १७ गतेभित्र काम सक्नुपर्ने जिम्मेवारी दिइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend