शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओलीलाइ संसदीय दलको नेताबाट हटाउछौँः नेपाल समूह

ओलीलाइ संसदीय दलको नेताबाट हटाउछौँः नेपाल समूह

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरिएको सो समूहका सांसदहरुले बताएका छन् ।

नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकपछि सांसद मेटमणि चौधरीले संसदीय दलमा पनि बहुमत पुर्‍याउने बताए ।

“ओलीलाइ संसदीय दलको नेताबाट हटाउछौँ,” उनले भने, “अझै केही दिन हेर्छौँ । संसदीय दलमा हामीले बहुमत पुर्‍याएर उहाँलाई हटाउछौँ । हाम्रो पक्षमा बहुमत पुग्छ,” उनले भने,“सरकारमा जाने विषयमा पनि हामी एकमत छौँ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend