काठमाण्डौं । उपेन्द्र यादवको सत्ता लिप्सा कुन हद सम्म छ भन्ने ताजा उदाहरण लुम्बिनी प्रदेशको बन, उद्योग तथा बाताबरण मन्त्री कल्पना पाण्डे माथिको कारवाहिबाट प्रस्ट भएको छ । मन्त्री पाण्डे यतिबेला न्युरो सम्वन्धि जिवियस रोगको सिकार भएर नर्भिक अन्तरास्ट्रिय अस्पताल थापाथलिमा उपचाररत छिन ।
डाक्टर पंकज जलानको टिमले उनको उपचार गरिरहेको छ । उनलाई न्युनतम ५,६ महिना देखि २ बर्ष सम्म उपचार गर्न पर्ने हुन सक्ने वताईएको छ ।

यस्तो गम्भीर प्रकृतिको अत्यन्तै महङ्गो दैनिक १ लाख ५० हजार उपचार खर्च रहेको पार्टीको मन्त्री लाई एकपटक मानवियताको हिसाबले समेत बिचार नगरि स्पस्टिकरण समेत नसोधिकन कार्वाही गरेको स्याल हुईया फैलाएपछि लुम्बिनी प्रदेशको नेता कार्यकर्ता आक्र्रोशित भएको बुझिएको छ ।
पहिला जसपाको आधिकारिकताको बिषयमा बिबाद भएको बेलामा सोधिएको स्पस्टिकरणलाई आधार बनाएर निर्वाचन आयोगबाट आधिकारिकता पाउनासाथ हठात् रूपमा कारवाहि गरिएको छ ।
कानुन विज्ञहरूको राय अनुसार जपसाको आधिकारिकता पाएपछि सम्वन्धित मन्त्रिहरूलाई फिर्ता आउनको लागि आग्रह गरेर निर्णय गरेपछि मन्त्रीहरूले निर्णय अस्विकार गरेको खण्डमा मात्रै स्पष्टीकरण सोधेर हटाउनु पर्ने ठाउँमा अदालतले स्ट्रे गरेर कन्टिन्यु गरेको माननीयलाई कारवाहि गरेपछि सबैले सत्ताको रापमा पार्टी अध्यक्ष उपेन्द्र यादव अन्धो भएको भनेर टिप्पणी समेत गरेका छन् ।
विधि र पद्धतिको कुरा गरेर नथाक्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेतको मिलेमतोमा अस्पतालमा आईसियुमा रहेको मन्त्रीलाई कार्वाही गरेको घटनाले सबै जनताले ५१ सालमा मनमोहन अधिकारीलाई हस्पिटलबाट राजिनामा गरेको घटना संग तुलना गरेका छन् ।
यस्तो कठिन ठाउँमा यस्तो जटिल रोगले थलिएर बसेको मन्त्रीलाई स्पस्टिकरण समेतको अवसर नदिनु भनेको कस्तो निर्दयता होला ? जनता जान्न चाहान्छन् ?
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend