शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमसिसीको विषयमा गठबन्धन छोड्न सक्छुः चित्रबहादुर केसी

एमसिसीको विषयमा गठबन्धन छोड्न सक्छुः चित्रबहादुर केसी

 

 

काठमाडौं । आज विहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकी आर्थिक सहयोग (एमसिसी)को विषयमा चर्काचर्की परेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा एमसिसीको विषयमा कुराकानी गरेका हुन् । उनले एमसिसीसँगै संघीयताको विषयमा पनि छलफल गरेका थिए । कोरोनाभाइरसका कारण निकै ठूलो त्रास उत्पन्न भए पनि सरकार गम्भीर नभएको उनले आरोप लगाएका थिए ।

‘कोरोनाको यस्तो अवस्था छ, सरकार एमसिसीबारे चिन्तित भएर अगाडि बढिरहेको छ,’ बैठकमा सहभागी एक नेताले केसीलाई उद्धृत गर्दै फरकधारलाई भने, ‘एमसिसी पास गर्ने ध्याउन्नमा तपाईंहरु लाग्ने हो भने यो गठबन्धनलाई मैले कसरी विश्वास गर्नु ?  म बरु छोडिदिन्छु ।’

उनले अहिले बनेको सरकार गम्भीर हुनु पर्ने भन्दै यसले जहिले पनि एमसिसीबारे मात्र कुराकानी गर्ने हो भने आफ्नो पार्टी प्रतिपक्षमा बस्न तयार रहेको पनि बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेको थियो । जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सांसद रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend