काठमाण्डौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । बालुवाटारमा आज बिहान सुरु भएको बैठक अहिले पनि जारी छ । सरकारले आगामी दिनमा गर्नु पर्ने काम र मन्त्रिपरिषद् विस्तारका लागि यो बैठक आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएका हुन् ।
गठबन्धनको बैठकमा देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरूको सहभागिता रहेको छ ।
प्रधानमन्त्री देउवाले आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् । तर, जनता समाजवादी पार्टीले अहिलेसम्म मन्त्री बन्नेको नाम टुंगो लगाउन सकेको छैन ।
स्रोतका अनुसार आजको गठबन्धन बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता डा विजय पौडेल सहभागी भएका छन् । यसअघिको गठबन्धनको बैठकमा नेपाल स्वयं उपस्थित भएका थिए ।
एमाले नेता नेपाल गठबन्धनको बैठकमा उपस्थित भएपछि उनको पार्टी एमाले विभाजित हुने अनुमान धेरैले गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend