शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

उद्योगमन्त्री कल्पना पाण्डे गम्भीर बिरामी, उपचार खर्च अभाव

उद्योगमन्त्री कल्पना पाण्डे गम्भीर बिरामी, उपचार खर्च अभाव

बुटवल । लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर बिरामी भएकी छन् । उनका दुवै खुट्टा नचल्ने र शिथिल भएका छन् । शिथिल हुनेक्रम बढेर अहिले कम्मरसम्म पुगेको छ ।

उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । उनी जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षबाट गत वैशाख १९ गते मन्त्री नियुक्त भएकाी थिइन् । मन्त्री पाण्डे ३८ वर्षीया हुन् ।

आइतवारदेखि समस्या देखिएपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै हाल नर्भिक अस्पताल काठमाडौं पुर्‍याइएको छ ।

उनलाई न्युरोसम्बन्धी रोग जीडीएस भएको चिकित्सकले बताएका छन् । उनलाई पंकज जलान र यादव भट्टको टीमले उपचार गरिरहेको छ ।

चिकित्सकका अनुसार कोभिडको सुइँपछि उनमा यस्तो लक्षण देखिएको हो । जसमा खुट्टाबाट शिथिल हुँदै घाँटीसम्म पुग्छ । घाँटीबाट खुट्टामा झरेर मात्र रोग निको हुन्छ । कसैकसैलाई पक्षघात पनि हुनसक्छ । उपचारमा कम्तीमा ६ महिनादेखि २ वर्षसम्म लाग्नेछ ।

जीडीएस रोगको उपचार पद्धति खर्चिलो छ । हाल दैनिक प्रति सुइँ १८ हजार खर्चेर दिनको ६ पटक सुइँ लगाइएको छ ।

औषधिसहित अस्पताल खर्च दैनिक १ लाख ५० हजार रुपैयाँ रहेको मन्त्री पाण्डेका पति एवं जसपा नेता नवराज लम्सालले बताए । मन्त्री बिरामी भए पनि हालसम्म प्रदेश सरकारले बिरामीको उपचारमा सहयोग नगरेको उनले बताए । स्वास्थ्य अवस्था गम्भीर छ । उपचार पद्धति महंगो छ । कसरी उपचार गर्ने ? हामी अन्योलमा छौं,’ उनले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend