काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
प्रतिवेदनमा सदस्य गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा प्रतिवेदन बुझाउन लागिएको हो।
क्रियाशील सदस्यता सम्बन्धी सक्कल कागजात नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताए। रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन तयार पारेको बुझिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend