शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गोकुल बाँस्कोटाले गरे माधव नेपालसँग एकता हुन नसक्ने संकेत

गोकुल बाँस्कोटाले गरे माधव नेपालसँग एकता हुन नसक्ने संकेत

 

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध फेरि एकपटक कटाक्ष गरेका छन्।

अध्यक्ष केपी शर्मा ओलीका अतिनिकट नेता उनले पार्टीमा एकता कायम नहुने संकेत गरेका छन्।

‘मलाई मात्र हो कि अरूलाई पनि यस्तै लागिरहेको छ, थाहा छैन,’ पूर्वसञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘माधव नेपालका कुण्ठित सपना पूरा नहुन्जेलसम्म उनका मनचिन्ते झोलीभित्र रहेका मागपत्रहरूको चाङ कहिल्यै बन्द हुने सम्भावना छैन।’

माधव नेपाल पक्षले पनि एमाले एकतामै जोड दिनुपर्ने निर्णय गरेका बेला बाँस्कोटाको नकारात्मक अभिव्यक्ति आएको हो। बाँस्कोटालाई ओली समूहका ‘हार्ड लाइनर’ नेता मानिन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend