शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

उपेन्द्रले महन्थलाई भने– आत्मालोचना गरेर आए विचार गर्न सकिन्छ

उपेन्द्रले महन्थलाई भने– आत्मालोचना गरेर आए विचार गर्न सकिन्छ

फाइल फोटो

 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गल्ती सच्याएर आए महन्थ ठाकुर पक्षलाई पनि पार्टीमा स्थान दिन सकिने बताएका छन् ।

पार्टी आधिकारिकता विवादलाई टुंग्याउने क्रममा केन्द्रीय कार्यकारिणी सदस्यहरूको सनाखतका लागि निर्वाचन आयोग पुगेका अध्यक्ष यादवले आत्मालोचना गरेर आए विचार गर्न सकिने बताएका हुन् ।

हामीले घोक्र्याएर पठाएको होइन । उहाँहरू बाटो बिराउँदै बिराउँदै कहाँ पुग्नुभयो । गलत बाटोमा, गलत राजनीतिमा पुग्नुभयो,ु यादवले भने, ुहामीले गेटमा ताला लगाएका छैनौं । साथीहरू आफूले गरेका गल्तीलाई स्वीकारेर, आत्मालोचना गरेर आए विचार गर्न सकिन्छ ।ु

त्यसक्रममा यादवले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका ३४ सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको जानकारी दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend