काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालबाहेक अन्य नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरेका छन । उनले पार्टीविरोधी षडयन्त्रको चक्रबाट बाहिर निस्कन सबै कार्यकर्ताहरूसँग आग्रह गरेका छन् । उनले प्रतिगमन गम्भीर अवस्थामा पुगिसकेको दाबी समेत गरेका छन् । ‘आन्दोलनलाई कमजोर पार्ने क्रियाकलापहरू भए । जो अपराध कर्मको नेतृत्व गरिरहेका छन् । त्यसताका सवालमा मैले धेरै पटक भनिसके । अब आशा र विश्वास पनि छैन । त्यस्ता तत्त्वबाहेक देशलाई माया गर्ने, पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु यो एक दुई जनाले बनाएको पार्टी होइन । हामी सबैको पसिना मिसिएको छ,’ अखिल नेपाल महिला सङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले भने । उनले आफ्ना स्वार्थका कारण प्रतिक्रियावादीको षडयन्त्रको अङ्ग बनेर सरकार ढाल्नेहरूले गरेका हरेक गतिविधि छर्लङ्गै देखिएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend