शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले विभाजन रोक्न कार्यदलका नेता र सांसदहरु भए फेरि सक्रिय

एमाले विभाजन रोक्न कार्यदलका नेता र सांसदहरु भए फेरि सक्रिय

 

 

काठमाडौं । नेकपा एमालेको एकता कायम राख्नका लागि विवाद समाधानका लागि गठित कार्यदलका नेताहरु फेरि सक्रिय भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट कार्यदलमा रहेका १० जना सदस्यले आज एमालेका सांसदहरुसँग छलफल गर्ने भएका छन् ।

सांसदहरुको फोरोमले एकताका लागि नेताहरु दवाव दिइरहेका छन् । पार्टी फुटाउन नहुने भन्दै कार्यदलपछि अहिले सांसदहरु पनि क्रियाशील रहेका छन् ।

दुवै शीर्ष नेताहरुलाई उनीहरुले पार्टी विभाजन हुनबाट रोक्न अनुरोध गरिरहेका छन् । कार्यदलका सदस्यसँग सांसदहरुले आज दिउँसो छलफल गर्दैछन् ।

उक्त छलफलमा उनीहरुले एकता कायम राख्नका लागि कार्यदलमार्फत गरिएको १० बुँदे सहमतिमाथि छलफल गर्दैछन् । १० बुँदे सहमति नमान्ने नेताहरुलाई क्रस गरेर अघि बढ्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा मुख्य छलफल केन्द्रित हुनेछ ।

यसअघि लगातार दुई दिन एमालेका दुवै समुहका सांसदहरुले पार्टी एकताका लागि दबाब अभियान चलाएका थिए ।

ओली पक्षका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, भपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायका सांसदले कार्यदलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेका थिए ।

विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend