शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बालुवाटारमा शीर्ष नेताको बैठक , माधव नेपाल पनि सहभागी

बालुवाटारमा शीर्ष नेताको बैठक , माधव नेपाल पनि सहभागी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ।

बैठकमा मन्त्रिपरिषद् विस्तार तयारी, बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend