काठमाडौँ । माधव नेपाललाई (एमाले)को अध्यक्ष बनाएर सरकारमा ल्याउने (माओवादी) केन्द्रका नेता देवेन्द्र पौडेलले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर पार्टी नफुटाई माधब नेपाललाई पार्टीको अध्यक्ष बनाउने नेता पौडेलले एक अन्तर्वार्तामा बताएका छन् । उनि भन्छन आफुले विद्यार्थी राजनीतिको सुरुवात गर्दा सुनेको नेता भनेको माधव नेपाल भएको भन्दै एमाले बनाउनमा माधव नेपालको ठुलो योगदान रहेको नेता पौडेलले बताका छन । माधव नेपालले गठबन्धनलाई ठुलो गुण लगाएको । र माधव नेपालको कारण संबिधान प्रणाली र धारा ७६ को उपधारा ५ जोगिएको बताएका छन् ।
अरुसंग गरेको निर्णयलाई कार्यान्यान गर्ने , संबिधानको प्रणाली संरक्षण गर्नूपर्छ भन्ने इमान्दारीता माधव नेपालमा भएको बताएका छन् । माधव नेपाल आफुहरुको दृष्टिमा भित्रै देखी इमान्दार भएको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend