काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका छन ।
शुक्रबार एमाले काठमाडौं ४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय पार्टीभित्र रहेर पाटीविरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाल हुनै नसक्ने सो अबसरमा बताएका हुन ।
एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई पनि अब एमाले भन्न नमिल्ने उनको भनाइ छ । पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमालेभित्र कुनै ठाँउ नरहेको बताए । एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend