शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

हिन्दु धर्मको आस्थामा आघात पुगेको दाबी गर्दै भट्टराईलाई कारबाही गर्न विश्व हिन्दु महासंघको माग

हिन्दु धर्मको आस्थामा आघात पुगेको दाबी गर्दै भट्टराईलाई कारबाही गर्न विश्व हिन्दु महासंघको माग

 

काठमाण्डौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिबाट हिन्दु धर्मको आस्थामा आघात पुगेको दाबी गर्दै विश्व हिन्दु महासंघले आपत्ति जनाएको छ।

महासंघकी महासचिव अस्मीता भण्डारीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘जनता समाजवादी पार्टीका संघीय अध्यक्ष एवं  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले हिन्दु धर्मावलम्बी ॐकार परिवारको आस्था र विश्‍वासप्रति प्रहार गर्दै सामाजिक सञ्‍जाल ट्विटरमार्फत गरेको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’डा भट्टराईलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत महासंघले सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो धार्मिक आस्था र विश्वासमा कुठाराघात गर्दै अपमानजनक अभिव्यक्ति दिने डा बाबुराम भट्टराईलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कारबाही गर्नका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष माग गर्दछौं।’

यही साउन ६ गते डा भट्टराईले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्७शधवसयनाथले गंगा नदीमा दूधधारा अर्पण गर्दै गरेको तस्बिरबारे आफ्नो धारणा राखेका थिए।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend