काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले फेरि पनि कम्युनिस्ट एकताको आवश्यकता परेको बताएका छन् ।
४३ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले कम्युनिस्टहरू एकजुट नभए अराष्ट्रिय तत्वहरूले आक्रमण गर्ने भएकोले एकजुट हुन आवश्यक रहेको उल्लेख गरे ।
उनले कम्युनिस्ट पार्टी साना साना टुक्राटुक्रामा विभाजन भएकोले समाजवादी ब्यवस्था ल्याउन चुनौती भएको उल्लेख गरे । उनले पुष्पलालले देखाएको अघि बढ्न सबै कम्युनिस्ट पार्टीहरूलाई आग्रह गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend