काठमाडौं । नेकपा एमालेका नेपाल निकट युवा नेता रामप्रसाद रिजालले पार्टी एकताका लागि अव ओलीले अध्यक्ष पदवाट हात धुनुपर्ने र नेता नेताललाई अध्यक्ष वनाउनु पर्ने पहिलो सर्त अघि सारेका छन । रिजालले पार्टी एकताका लागि भन्दै कमिटिको प्रारम्कि संरचना समेत सार्वजनिक गरेका छन् ।
जसमा अध्यक्ष माधवकुमार नेपाल, सर्वोच्च नेता केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल हुनेछन् । यसैगरी, ९औं महाधिवेशनमा निर्वाचित २ सय ३ जनाको केन्द्रीय समिति व्युताउँनु पर्ने, भात्रृसंगठन तथा वडादेखिका गाउँ÷नगर, क्षेत्र, जिल्ला र प्रदेश लगाएतका पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ भन्दा अगाडीको अवस्था अनुसार संचालन गर्नु पर्ने सर्त अगाडि सारिएको छ।
पार्टीका पदाधिकारी, स्थायी कमिटी र प्रदेश ईन्चार्ज जिल्ला ईन्चार्ज लगाएत एमालेको २०७५ जेठ २ अघीको अवस्था मा फर्काउने, नेकपा वनाउँदा एमालेवाट थपिएका ३८ जना केन्द्रीय सदस्यहरू, माओवादीबाट आएका वादलसहित २३ जना र नेकपामा प्रवेश गरेका अन्य विभिन्न पार्टीवाट आएका केन्द्रीय नेताहरुलाई पनि केन्द्रीय समितिमा मनोनीत गर्ने प्रस्ताव रिजालले जानकारी गराए ।
यसैगरी, ओलीले माओवादीकेन्द्रबाट आएका २३ जनालाई केन्द्रीय समितिमा मनोनित गरेपछि नेपाल खनाल पक्षका पनि कम्तीमा २३ जना नघटाई मनोनीत गर्ने उनको भनाई छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend