शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओली र नेपालबीच वार्ता हुने तय भएको छैनः माधव नेपालको सचिवालय

ओली र नेपालबीच वार्ता हुने तय भएको छैनः माधव नेपालको सचिवालय

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको सचिवालयले अध्यक्ष केपी ओलीसँग नेपालको वार्ता तय नभएको बताएका छन् ।
एमाले नेता सुवास नेम्वाङलाई उदृत गर्दै सञ्चारमाध्यममा दुई नेताबीच वार्ताको तयारी भएको खबर सार्वजनिक भएपछि नेपालको सचिवालयले यस्तो बताएको हो ।
नेपालको सचिवालयको तर्फबाट मोहन गौतमले भनेका छन् विभिन्न सन्चार माध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली बीच आज भेट हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहॅाहरू बीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend