शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै हिन्दूवादीले जलाए बाबुराम भट्टराईको पुत्ला

हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै हिन्दूवादीले जलाए बाबुराम भट्टराईको पुत्ला

 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईविरुद्ध विश्व हिन्दू परिषद नेपालले आज प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा भट्टराई विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ । हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष परिषद्ले माग पनि गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend