शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

वरिष्ठ नेता नेपालद्धारा पिपुल्स भोलेन्टियर घोषणा

वरिष्ठ नेता नेपालद्धारा पिपुल्स भोलेन्टियर घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलेन्टियर (पिभी) घोषणा गरेका छन ।

बिहीबार भक्तपुर सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३औं पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले १ हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन ।

पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज खत्रीलाई जिम्मेवारी दिइएको वरिष्ठ नेता नेपालले कार्यक्रममा जानकारी गराए । पिपुल्स भोलेन्टियर घोषणा गर्दै उनले यो कम्युनिष्ट विचारबाट अघि बढ्ने बताए । उनले युवाहरुलाई मानिसमा हुनुपर्ने राम्रो गुणहरु सिक्न र नराम्रो बानी त्याग गर्न पनि आग्रह गरे ।

भोलेन्टियरले अरुले जे गर्छ त्यो नगर्ने पनि उनले स्पष्ट पारे । आफुहरू हिम्मतिलो र परिवर्तन गर्न चाहने युवा पंक्ति तयार गर्न चाहेको उल्लेख गर्दै युवाहरूले जनसेवा, देशभक्ति र लोकतन्त्रकाले लागि अघि बढ्न अपिल पनि गरे । उनले पिपुल्स भोलेन्टियर कम्युनिष्ट विचारधाराबाट अघि बढ्ने बताए ।

वरिष्ठ नेता नेपालले आफूहरूसँग सहि विचार भएको उल्लेख गर्दै सहि विचार हुनेहरू आत्तिनुपर्ने आवश्यकता नभएको बताए । सहि विचारको पक्षमा हजारौं मान्छे पछि लाग्ने पनि उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend