शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव नेपालाई दोस्रो अध्यक्ष दिन ओली तयार

माधव नेपालाई दोस्रो अध्यक्ष दिन ओली तयार

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद समाधानका लागि वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका छन् । एमालेको केन्द्रीय समितिको १० औं बैठकको तेस्रो दिनको बैठक समापनको क्रममा मन्तव्य राख्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘माधवकुमार नेपाल पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, त्यसका निम्ति केन्द्रीय कमिटीलाई सम्झाउँलासम्म भनेको थिएँ । तर उहाँले बहुमत नभएको कमिटीका निर्णय कहाँ मान्छु भनेको समेत साथीहरूले सुनाउनुभयो ।’

ओलीले सम्बोधनको क्रममा पार्टी एकतालाई जोगाउन हदैसम्मको लचकता अपनाउने जानकारी पनि केन्द्रीय सदस्यहरुलाई गराएका छन् । तर, माधव नेपालले पार्टी कब्जा गर्नको लागि बहुमत खोजेर बसेकाले पार्टी एकतामा समस्या भइरहेको ओलीको भनाइ छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend